• गृहपृष्ठ
  • बिनय र गरिमा अभिनित ‘तिम्रै माया लाग्छ’ सार्वजनिक (भिडियाे हेर्नुस् )

बिनय र गरिमा अभिनित ‘तिम्रै माया लाग्छ’ सार्वजनिक (भिडियाे हेर्नुस् )

Dec 15th, 2020

काठमाडौ, मंसिर ३०

बिनय गदालको डेब्यु म्युजिक भिडियो ’तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ । परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ । गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ । यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा राम चन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।

कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।