नेप्सेमा ५६ अंकले बृद्धि

Dec 14th, 2020

काठमाडौ, मंसिर २९

आज सोमबार नेप्से ५६ दसमलव ७२ अंकले बढेर दुुई हजार ६७ दसमलव १७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज छ दसमलव चार अंकले बढेर तीन सय ८८ दसमलव १६ अंकमा पुुगेको छ । नेप्सेमा दुुई सय दुुई वटा कम्पनीहरुको ५७ हजार ८७ पटकको कारोवारमा एक करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब २० करोड ४१ लाख ३६ हजार नौ सय २३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार जलबिद्युुत समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव एक अंकले बढेर १५ सय तीन दसमलव ६४ अंकमा पुुग्दा बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लिर्वर्टी इर्र्नर्जी प्राली परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्राईम लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।