• गृहपृष्ठ
  • एकै दिन ३९ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह अधिक

एकै दिन ३९ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह अधिक

Dec 9th, 2020

काठमाडौं, मंसिर २४

नेप्से एकै दिन ३९ अंकले घटेको छ । आज बुुधबार नेप्से ३९ दसमलव छ अंकले घटेर १९ सय ५५ दसमलव ७५ अंकमा झरेको हो । यसैगरी सेन्सिटिभ पनि आठ दसमलव ४७ अंकले घटेर तीन सय ७१ दसमलव ७१ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय एक वटा कम्पनीहरुको ४६ हजार चार सय ७५ पटकको कारोवारमा एक करोड आठ लाख २१ हजार नौ सय ७२ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम चार अर्ब ७४ करोड ५६ लाख ४९ हजार दुुई सय ९२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा जलबिद्युुत समुहको कमाएको छ भने बाँकी समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ३० दसमलव ५९ अंकले घटेर १४ सय २७ दमसलव ३१ अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।