• गृहपृष्ठ
  • आफ्नै गीत ‘मायारी’ मा पहिलो पटक मोड्लिङमा गायिका सुस्मिता (भिडियाे हेर्नुस् )

आफ्नै गीत ‘मायारी’ मा पहिलो पटक मोड्लिङमा गायिका सुस्मिता (भिडियाे हेर्नुस् )

Dec 7th, 2020

काठमाडौ, मंसिर २२

गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन ।

आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा स्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन । सार्वजानिक गरिएको उक्त गीतलाई गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनल लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजनर मिक्सिङ गरेका हुन । पारीजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो । देबराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गंगाराम राइले छायांकन, सम्पादन र कलर गरेका हुन ।