एकै दिन ७२ अंकले बढ्यो नेप्से

Dec 7th, 2020

काठमाडौ, मंसिर २२

नेप्से आज सोमबार ७२ दसमलव २८ अंकले बढेर दुई हजार चार दसमलव ३९ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज १२ दसमलव एक अंकले बढेर तीन सय ८२ दसमलव ७७ अंकमा चढेको छ । नेप्सेमा आज दुुई सय छ वटा कम्पनीहरुको ६० हजार ५५ पटकको कारोवारमा एक करोड १९ लाख २० हजार आठ सय १९ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम छ अर्ब ६६ करोड ७९ लाख ५६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर हरियो भएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक ३१ दसमलव ९१ अंकले बढेर १४ सय ६५ दसमलव ५९ अंंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।