• गृहपृष्ठ
  • स्वास्थ्य सावधानी सहित गेट कलेजको नमुना दीक्षान्त समारोह

स्वास्थ्य सावधानी सहित गेट कलेजको नमुना दीक्षान्त समारोह

Dec 5th, 2020

काठमाडौ, मंसिर २०

एक दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले कोभिड १९ महामारीका बीच नवीन सामान्यता (न्यूनर्मल) को अवधारणा अनुशरण गर्दै नेपालमै नमुनाकारूपमा स्वास्थ्य सावधानी अपनाउँदै दीक्षान्त समारोहको आयोजना गरेको छ ।

खुला चौरमा हरेक पटक १० देखि १५ जना विद्यार्थीका समूह बनाएर स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउँदै कलेजका १३३ विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको गेट कलेजले जानकारी दिएको छ । नेपालका लागि स्वीजरल्यान्डकीराजदूत एलिजाबेथ भोनक्यापलरको प्रमुख आतिथ्यमा सम्पन्न भएको दीक्षान्त समारोहमा कलेजका ब्याच १९ का ५० जना र ब्याच २०का ८३ जना विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो ।

स्थापनाकालदेखि नै खाद्य सुरक्षा र सरसफाइका क्षेत्रमा देशभरि नै औपचारिक शिक्षासहित आवधिक प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको कलेजले कठिन परिस्थितिका बीच पनि आफ्नो शिक्षा पूरा गरेका विद्यार्थीहरूको दीक्षित हुन पाउने अधिकारको रक्षाका लागि स्वास्थ्यका प्रोटोकल अपनाउँदै दीक्षान्त समारोह आयोजना गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईँ बताउँछन् ।

‘लामो समयसम्म लकडाउन र कोभिड १९ महामारीका कारण शिक्षालयहरू नखुल्दा विद्यार्थीहरूमा उत्पन्न निराशाका भाव अन्त्य गर्नका लागि पनि स्वास्थ्य सावधानी अपनाउँदै अब शैक्षिक क्रियाकलाप सुचारु गर्नुका विकल्प छैन,’ नेपालमा व्यावसायिक र पेशागत शिक्षाका क्षेत्रमा समेत क्रियाशील रहँदै आएका लकाईँ भन्छन्, ‘न्यूनमर्ल भनिने यही परिस्थितिका बीच कसरी अगाडि बढ्न सकिन्छ भन्ने सिकाइका लागि समेत यो दीक्षान्त समारोहले उदाहरण पेश गर्नेछ ।’
कार्यक्रममा स्वीस राजदूत क्यापलरले पर्यटन उद्योगको भविष्य दीगोपनमा आश्रित रहेको बताउँदै पर्यटन शिक्षाका विद्यार्थीहरूले दिगोपनमा जोड दिएमा उनीहरू परिवर्तनकर्ता हुनसक्ने विश्वास व्यक्त गरिन् ।

गेट एकेडेमिक काउन्सिलका अध्यक्ष प्रोफेसर पीटरजोन्सले विश्वलाई दिगोपनमा सचेत बढी व्यावसियक आतिथ्य सत्कार क्षेत्रका नेतृत्वकर्ताको खाँचो रहेको स्मरण गराउँदै विद्यार्थीहरूको व्यावसायिकता विकासमा ध्यान केन्द्रित गर्न सुझाव दिए । अहिलेको कठिन क्षणले हामीलाई हाम्रो धैर्यताले हामी को हौं भनेर फेरि एकपल्ट सिकायो र अहिले सबै चुनौतीहरूका बाबजुद विश्वको सेवा क्षेत्रलाई यस्ता नेतृत्वकर्ताको खाँचो छ जो मानवीय मूल्य मान्यताद्वारा सञ्चालित र उनीहरूको सोचमा स्थिरता छ,’ स्वीस होटेल एसोसिएसनका बोर्ड सदस्य डा. उलीस्नेइडरले भने ।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाईँले खेम लकाईले संसारलाई अब सबैभन्दा शक्तिशाली वा ठूलो पद धारकहरूको खाँचो नभइ मानवीयतालाई प्रवर्धन गर्न दिन इच्छुक वास्तविक मानवको खाँचो रहेको औंल्याए ।