• गृहपृष्ठ
  • तीन अंकले बढ्यो नेप्से , कमाउने भन्दा गुमाउने समुह धेरै

तीन अंकले बढ्यो नेप्से , कमाउने भन्दा गुमाउने समुह धेरै

Dec 1st, 2020

काठमाडौ, मंसिर १६

नेप्से आज मंगलबार तीन दसमलव ३५ अंकले बढेर दुई हजार दसमलव ४० अंकमा चढेको छ । सेन्सिटिभ पनि आज एक दसमलव ७७ अंकले घटेर तीन सय ८३ दसमलव ७९ अंकमा झरेको छ । आज एक सय ९७ वटा कम्पनीहरुको ६७ हजार तीन सय ५५ पटकको कारोवारमा एक करोड ८५ लाख ७६ हजार सात सय आठ कित्ता सेयर किनबेच हुंदा सेयर कारोवार रकम सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटाले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव ४३ अंकले घटेर १५ सय दसमलव ९४ अंकमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ३८ दसमलव ६३ अंकले बढेर १६ सय ३२ दसमलव ३२ अंंकमा चढेकोमा जीवन बीमा, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा एभरेष्ट बैंकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी नै परेको छ ।