• गृहपृष्ठ
  • बेलायतमा रहेकी सुन्दरी मोडल सृजनाले गरिन् सियोनोको उपचारमा ७५ हजार सहयोग

बेलायतमा रहेकी सुन्दरी मोडल सृजनाले गरिन् सियोनोको उपचारमा ७५ हजार सहयोग

Nov 27th, 2020

काठमाडौ, मंसिर १२

कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् । बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आफू पनि एक आमा भएकाले सियोनालाई आफ्नै छोरी ठानेर सहयोग गरेको सृजनाको बताइन् । डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उपचार भइरहेको छ ।

३ वर्षदेखि युकेमा स्थायी बसोबास गरिरहेकी सृजना नेपालमा समेत सामाजिक कार्य एवं मोड्लिङमा सक्रिय थिइन् । सृजना पछिल्लो समय बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्न व्यस्त छिन् । सृजनाले सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेकी छिन् ।