• गृहपृष्ठ
  • साहास ऊर्जाको सेयर बिक्री प्रर्वन्धकमा नागरिक लगानी कोष

साहास ऊर्जाको सेयर बिक्री प्रर्वन्धकमा नागरिक लगानी कोष

Nov 26th, 2020

काठमाडौ, मंसिर ११

साहास ऊर्जा लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा नागरिक लगानी कोष नियुक्त भएको छ । कम्पनीको जारी पूँजी तीन अर्ब ५० करोड रुपैयाँको ३० प्रतिसतका दरले हुने एक अर्ब पाँच करोड रुपैयाँ बराबरको बरावरको सर्वसाधारण शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको गरी जम्मा एक करोड पाँच लाख कित्ता शेयर को प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।

शेयर प्रत्याभुत कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जाका तर्फबाट अध्यक्ष हिम प्रसाद पाठकले बिहिबार हस्ताक्षर गरेका हुुन । कम्पनीले एक सय रुपैयाँ अंकित एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर जारी गर्ने छ ।