• गृहपृष्ठ
  • नेपाल प्रहरीको केन्द्रिय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवर

नेपाल प्रहरीको केन्द्रिय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवर

Nov 26th, 2020

काठमाडौं, मंसिर ११

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।

केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।