एकै दिन ६४ अंकले बढ्यो नेप्से

Nov 25th, 2020

काठमाडौ, मंसिर १०

आज बुुधबार नेप्से ६४ दसमलव सात अंकले बढेर १८ सय ७४ दसमलव ८१ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज १२ दसमलव ९६ अंकले बढेर तीन सय ६२ दसमलव ३३ अंकमा चढेको छ । एक सय ९६ वटा कम्पनीहरुको ४२ हजार एक सय ५१ पटकको कारोवारमा एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार चार सय ८८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव चार अंकले बढेर १३ सय ९९ दसमलव ८१ अंकमा चढेकोमा जलबिद्युत निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त, बिकास बिकास बैंक, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा शिवम सिमेन्ट परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा लक्ष्मी ईक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेको इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।