• गृहपृष्ठ
  • प्रमोद खरेलको ‘यो माया के हो’ सार्वजनिक (हेर्नुस् भिडियाे)

प्रमोद खरेलको ‘यो माया के हो’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Nov 24th, 2020

काठमाडौ, मंसिर ९

लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको  ‘यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मन छुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज) ले यस गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष ) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।
रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन् । यसअघि गीतकार महराले ’मैले भन्दा’ ’साइनो’, ’उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।