• गृहपृष्ठ
  • अर्बको कारोबार हुँदा ब्रोकरको कमाई पनि करोडमा, ब्रोकरसँगै नेप्सेको पनि आम्दानी उच्च

अर्बको कारोबार हुँदा ब्रोकरको कमाई पनि करोडमा, ब्रोकरसँगै नेप्सेको पनि आम्दानी उच्च

Nov 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ९

पछिल्लो समय सेयरबजारमा ५ अर्बको हाराहारीमा कारोबार भएको छ । आइतबार त अहिलेसम्म कै उच्च ६ अर्ब ९० करोडको कारोबार भयो । यसरी अर्बको कारोबार हुँदा लगानीकर्ताले मात्रै होइन, ब्रोकर र नेप्सेले पनि राम्रै कमाएको छ ।

ब्रोकर कम्पनीले कारोबार रकमको शुन्य दशमलव चार प्रतिशत देखि शुन्य दशमलव ६ प्रतिशत कमिसन् लिने गर्छन् । साथै ब्रोकरले किन्ने र बेच्नेबाटै यस्तो रकम लिने गरेका छन् । आइतबारको कारोबार न्युनतम शुल्क शुन्य दशमलव चार प्रतिशतलाई मात्रै आधार मान्ने हो भनेपनि लगानीकर्ताले ब्रोकरेज फि को रुपमा ४ करोड ८८ लाख रुपैयाँ तिरेका छन् । जसबाट नेप्सले ९७ लाख ७६ हजार कमिसन् पाएको छ ।

अहिले धितोपत्र बोर्डले लगानीकर्ताबाट शुन्य शुन्य एक पाच प्रतिशत प्रत्यक्ष र ब्रोकरेज फिबाट शुन्य दशमलव ६ प्रतिशत कमिसन् लिन्छ । यसरी हेर्दा धितोपत्र बोर्डले पनि झन्डै २० लाख रुपैयाँ कमिसन् पाएको छ । धितोपत्र बोर्ड आफैले गरेको अध्ययन अनुसार नै यहाँको ब्रोकरेज फि दक्षिण एसियाकै दोस्रो महंगो रहेको प्रमाणित भएको छ ।

ब्रोकर कमिसन् पुनरावलोकन गर्नका लागि धितोपत्र बोर्डले गत वर्षको भदौ २६ गते समिति बनाएको थियो , जसले गत भदौ १२ गते मात्रै आफ्नो अध्ययन प्रतिबेदन बुझाएको छ । तर बोर्डको नेर्तत्व यसको सुझाव कार्यान्वयन गर्नका लागि आनाकानी गरिरहेको छ ।

छिमेकी मलुक भारतमा शुन्य देखि शुन्य दशमलव ५ प्रतिशत सम्म ब्रोकर कमिसन् लिने गर्छन् । अर्थात भारतमा ब्रोकरले कमिसन् नै लिन्न भन्दा पनि पाइन्छ । तर, नेपालमा भने शुन्य दशमलव चार शुन्य भन्दा तल गएर ब्रोकर कमिसन् लिने छुट ब्रोकरहरुलाई छैन । त्यस्तै अर्काे छिमेकी मुलुक चीनमा औसत कमिसन् शुन्य दशमलव शुन्य तीन एक प्रतिशत मात्रै छ ।

अहिले नेपाल स्टक एक्सचेन्जले ब्रोकरले लिने कमिसन् बाट २० प्रतिशत पाउँछ । त्यस्तै धितोपत्र बोर्डले पनि ब्रोकरले शुन्य दशमलव ६ प्रतिशत पाउँछ । भारतमा भने त्यहाँको स्टक एक्सचेन्जले कारोबार रकमको शुन्य दशमलव शुन्य शुन्य ३२५ मात्रै लिन्छ । यहाँ भने नेप्सेले मात्रै होइन धितोपत्र बोर्डले पनि दोहोरो कमिसन् लिएको छ। त्यसमाथि चर्काे ब्रोकरे फि त छदैछ ।

लगानीकर्ताहरु अब भने धितोपत्र बोर्डलाई यसको कार्यान्वयन गराउन दवाव दिने योजनामा रहेका छन् । तर धितोपत्र बोर्ड भने यसलाई अहिले तत्काल कार्यान्वयनमा लाने प्रचारबाजी गरेपनि कार्यान्वयन गर्न भने चुकेको छ ।

ब्रोकर कमिसन् मात्रै होइन नियामक निकाय र ब्रोकरले लिने कमिसन् छुट्याउनु पर्ने जरुरी छ । ताकि लगानीकर्ताले थाहापाउन् कि काममा ढिलासुस्ती गर्ने नियामक निकायहरु कति कमिसन् असुल्दैछन् भनेर ।