नेप्से सुचक तथा कारोवार रकम दुबै बढ्यो

Nov 22nd, 2020

काठमाडौं, मंसिर ७

नेप्से सुचक तथा कारोवार रकम दुुबै बढेको छ । नेप्से आज आईतबार चार दसमलव ६९ अंकले बढेर १७ सय ८२ दसमलव ८१ अंकमा पुुग्दा सेन्सिटिभ दुुई अंकले बढेर तीन सय ४७ दसमलव सात अंकमा चढेको छ । नेप्सेमा आज २०१ वटा कम्पनीहरुको ६३ हजार पाँच सय ७० पटकको कारोवारमा एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ९० करोड ६७ लाख २८ हजार तीन सय १५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेर नौ वटाको घटेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ४४ अंकले बढेर १३ सय ५१ दसमलव ९२ अंकमा पुुग्दा बिकास बैंक र अन्य समुहको सुचक पनि बढेको छ । निर्जिवन बीमा समुहको सुचक भने दुुई सय ४३ दसमलव १४ अंकले घटेर नौ हजार तीन सय ६७ दसमलव ४९ अंकमा झरेकोमा जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा सिटिजन्स म्युचअल फण्ड १ परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।