• गृहपृष्ठ
  • नेप्से पुरै हरियो , छ अर्ब ११ करोडको कारोवार

नेप्से पुरै हरियो , छ अर्ब ११ करोडको कारोवार

Nov 19th, 2020

काठमाडौ, मंसिर ४

आज बिहिबार नेप्से ३६ दसमलव ३२ अंकले बढेर १७ सय ७८ दसमलव १२ अंकमा चढेको छ । आज सेन्सिटिभ पनि चार दसमलव ९८ अंकले बढेर तीन सय ४३ दसमलव सात अंकमा चढेको छ । एक सय ९८ वटा कम्पनीहरुको ५६ हजार तीन सय ४१ पटकको कारोवारमा एक करोड ४० लाख ६२ हजार पाँच सय सात कित्ता सेयर किनबेच भएकाछन । सोही आधारमा कारोवार रकम छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार हुुंदा सबै समुहको सुचक बढेर पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ७१ अंकले बढेर १३ सय २२ दसमलव ४८ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि २१ दसमलव ६३ अंकले बढेर १४ सय ४८ दसमलव सात अंकमा पुगेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा मेगा बैकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।