नेप्से २३ अंंकले बढ्यो

Nov 18th, 2020

काठमाडौ, मंसिर ३

नेप्से उच्च अंकले बढेको छ । आज बुुधबार नेप्से २३ दसमलव ३२ अंकले बढेर १७ सय ४१ दसमलव ८१ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव आठ अंकले घटेर तीन सय ३८ दसमलव नौ अंंकमा झरेको छ । आज एक सय ९४ कम्पनीहरुको ४३ हजार छ सय ७३ पटकको कारोवारमा एक करोड १६ लाख ७४ हजार आठ सय ७५ कित्ता सेयर किनबेच हुंदा सेयर कारोवार रकम चार अर्ब ७९ करोड १० लाख ४१ हजार छ सय ४९ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुंदा आज तीन वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन । जसमध्ये बाँणिज्य बैक समुहको सुचक एक दसमलव २८ अंंकले घटेर १३ सय १९ दसमलव ७८ अंकमा पुुग्दा बिकास बैंक र जलबिद्युुत समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने तीन सय ९७ दसमलव ४८ अंकले बढेर नौ हजार दुुई सय ११ दसमलव ४८ अंकमा पुग्दा जीवन बीमा, फाईनान्स, लघुुबित्त, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा गुुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।