• गृहपृष्ठ
  • गायक सचिन रौनियारको ‘जोगी भए’ सार्वजनिक

गायक सचिन रौनियारको ‘जोगी भए’ सार्वजनिक

Nov 15th, 2020

काठमाडौ, कात्र्तिक ३०

तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको बिल्कुलै नयाँ गीत ’जोगी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली ’’ईट्टाघरे’’ को शब्द र दीपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सगै लोकप्रिय गायिका मेलिना राइको युगल स्वर रहेको छ।

काग तिहारको दिन पारेर शुक्रवार सार्वजनिक गरिएको गीतमा पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ ।

सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले रुचाएका छन ।