• गृहपृष्ठ
  • ‘मायालु साबुन…’ लिएर आए गायक सुगम पोखरेल

‘मायालु साबुन…’ लिएर आए गायक सुगम पोखरेल

Nov 15th, 2020

काठमाडौ, कात्र्तिक ३०

लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् ।

गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा गायक सुगम पोखरेलको साथमा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् ।

भिडियोमा गायक पोखरेल भिन्न गेटअपमा प्रस्तुत भएका छन् । नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । यो भिडियो गायक पोखरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।