एकै दिन २८ अंकले बढ्यो नेप्से

Nov 11th, 2020

काठमाडौ, कात्र्तिक २६

नेप्से आज बुुधबार एकै दिन २८ अंकले बढेको छ । आज नेप्से २८ दसमलव ८९ अंकले बढेर १७ सय सात दसमलव ६७ अंकमा पुग्दा सेन्सिटिभ पाँच दसमलव २३ अंकले बढेर तीन सय ३५ दसमलव ६२ अंकमा पुुगेको छ । आज एक सय ९५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ९३ पटकको कारोवारमा एक करोड २५ लाख २३ हजार छ सय ५१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम चार अर्ब नौ करोड ९६ लाख चार हजार सात सय ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा फाईनान्स समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ८८ अंकले बढेर १३ सय १० दसमलव ८४ अंकमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । बढी रकम कारोवारका आधारमा भने आज नेपाल टेलिकम परेको छ ।