काठमाडौ, कात्र्तिक २४
लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको आवाजमा रहेको ‘ र्याईँ र्याईँ सारंगी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् ।
उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’ मा समावेश रहेको गीत र्याईँ र्याईँ सारंगीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ । गीतमा मौलिक शब्द तथा नेपाली जनजिवन सुहाउदो परिवेशलाई बर्णन गरिएको छ ।
‘ र्याईँ र्याईँ सारंगी’ को म्यूजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ। विशेष कार्यक्रमकाबीच सार्बजनिक गरिएको ‘र्याईँ र्याईँ सारंगी’ भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने सम्पादन रहेको माधव वेलबासेको। भिडियोको छायाँङ्कन आवेश बज्राचार्यले गरेका हुन् ।
त्यसैगरी साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन् । भिडियोलाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।