• गृहपृष्ठ
  • साताको अन्तिम कारोवार दिन पनि घट्यो नेप्से

साताको अन्तिम कारोवार दिन पनि घट्यो नेप्से

Nov 5th, 2020

काठमाडौ, कात्र्तिक २०

साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज चार दसमलव ४७ अंकले घटेर १६ सय ३६ दसमलव १७ अंकमा झरेकोमा सेन्न्सिटिभ पनि दुुई दसमलव १४ अंकले घटेर तीन सय २४ दसमलव ३६ अंकमा झरेको छ । आज दुई सय वटा कम्पनीहरुको ३५ हजार तीन सय ३५ पटकको कारोवारमा ९१ लाख २३ हजार आठ सय ९६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ८४ करोड २४ लाख ६९ हजार एक सय ७७ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव नौ अंकले घटेर १३ सय एक दसमलव ६४ अंकमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, लघुुबित्त, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक, जीवन बीमा, जलबिद्युुत र होटल समुहको सुचक भने आज बढेकाछन ।

बढी कमाउने कम्पनीको सुचीमा आज सानिमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज प्राईम कर्मसियल बैंक परेको छ ।