नेप्से पाँच अंंकले बढ्यो

Nov 3rd, 2020

काठमाडौ, कात्र्तिक १८

अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने बढेको छ । आज नेप्से पाँच दसमलव चार अंकले बढेर १६ सय ४३ दसमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव १४ अंकले बढेर तीन सय २६ दसमलव ६० अंकमा चढेको छ ।

नेप्सेमा आज एक सय ९८ वटा कम्पनीहरुको २९ हजार छ सय छ पटकको कारोवारमा ७७ लाख ५७ हजार तीन सय ५३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब २३ करोड ७९ लाख ६४ हजार पाँच सय ७२ रुपैयाँ पुगेको छ । १२ वटा समुहको कारोवार हुंदा दुुई वटा समुहको सुचक घटेर १० वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव १७ घटेको छ भने बिकास बैंक समुहको सुचक पनि घटेको छ । निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा बढी कमाउने कम्पनीको सुचीमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९६ प्रतिसतले बढेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको महालक्ष्मी बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य दुुई दसमलव ५५ प्रतिसतले घटेको छ । आज नेपाल टेलिकमको १० करोड तीन लाख २१ हजार पाँच सय ३२ रुपैयाँको सेयर कारोवार भएको छ ।