झण्डै पाँच अंकले घट्यो नेप्से

Nov 1st, 2020

काठमाडौ, कात्र्तिक १६

साताको पहिलो दिन आज आईतबार नेप्से झण्डै पाँच अंकले घटेको छ । नेप्से आज चार दसमलव ७२ अंकले घटेर १६ सय ४० दसमलव ९५ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ४१ अंकले घटेर तीन सय २६ दसमलव ६३ अंकमा झरेको छ । आज एक सय ९६ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ९४ पटकको कारोवारमा एक करोड छ लाख २६ हजार पाँच सय १४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ९३ करोड नौ लाख ३९ हजार सात रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक घटेर पाँच वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ५५ अंकले घटेर १३ सय २६ दसमलव ३७ अंकमा झर्दा बिकास बैंक, जीवन बीमा, उत्पादनमुुलक, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक आज १९ दसमलव ३१ अंकले बढेर १४ सय नौ दसमलव २४ अंकमा चढेकोमा निर्जिवन बीमा, टे«डिङ, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सानिमा ईक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने शिवश्री हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ ।