• गृहपृष्ठ
  • चर्चामा ‘जमाना मभिं स्व’ (भिडियाे हेर्नुस् )

चर्चामा ‘जमाना मभिं स्व’ (भिडियाे हेर्नुस् )

Oct 31st, 2020

काठमाडौं, कात्र्तिक १५

मनमा माया भएनि जमानाको नजरमा पर्ला भन्ने चिन्ता भएकी युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउन सफल युवकको कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ सार्वजनिक भएको छ । एक समारोहकाबीच वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

हाल चर्चामा रहेको यस म्यूजिक भिडियोका गायक रोविनसन कंसाकार र सुमन मानन्धर दुवै नेपालभाषाको चर्चित जन्मदिनको शुभकामना गीतको प्रतिस्पर्धाबाट चुनिएका गायक गायिका हुन् भने यो गीतको रचना सोही जन्मदिनको शुभकामना (बूदिंया भिंतुना म्ये) गीतका रचयिता एवं गायक सुरजवीर बज्राचार्य हुन् । संगीत एवं संगीत संयोजन वरिष्ठ संगीत निर्देशक जूगल डंगोलले गरेका छन् । गीत आर्टोम्यूज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

हाइलाइट्स नेपालबाट सार्वजनिक भएको यस गीतको निर्देशन आराध्यलक्ष्मी खड्गीले गरेका हुन् भने अभिनयमा उनलाई अर्का चर्चित मोडल रुपेन्द्र श्रेष्ठ ‘थक्वा’ले साथ दिएका छन् । निर्देशक एवं कलाकार आराध्यकै कन्सेप्टमा निर्मित यस गीतको म्यूजिक भिडियोको छायाँकन, सम्पादन व रंग संयोजन सोहन मानन्धरले गरेका छन् । म्यूजिक भिडियोमा चिरिबाबु महर्जन, रमेश पौडल र राजकुमारी श्रेष्ठको पनि अभिनय रहेको छ ।

छोटो कथाभित्र बुनिएको गीतको यस म्यूजिक भिडियोका कलाकारको श्रृंगार पूजा शाही र निरु महर्जनले गरेका हुन् भने ड्रोन छायाँकन सनी शाक्यले गरेका छन् । गीत सार्वजनिक भए लगत्तै चर्चा कमाउन थालेपछि आफू निकै हौसिएको निर्देशक एवं कलाकार आराध्यलक्ष्मीले बताएका छन् भने गीतबाट प्राप्त प्रतिकृयाले निकै उत्साहित बनाएको गायकद्वय रोविनसन कंसाकार र सुमन मानन्धरले उल्लेख गरेका छन् ।