झण्डै दुई अंकले घट्यो नेप्से

Oct 29th, 2020

काठमाडौ, कात्र्तिक १३

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार झण्डै दुुई अंकले घटेको छ । नेप्से आज एक दसमलव ७८ अंकले घटेर १६ सय ४५ दसमलव ६७ अंकमा झर्दा सेन्सिटिभ भने शुन्य दसमलव २७ अंकले बढेर तीन सय २८ दसमलव चार अंंकमा चढेको छ । एक सय ९२ वटा कम्पनीहरुको ४१ हजार नौ सय नौ पटकको कारोवारमा एक करोड तीन लाख ६५ हजार छ सय सात कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब तीन करोड ७६ लाख ९४ हजार आठ सय ४५ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव २७ अंकले घटेर १३ सय ४० दसमलव ९२ अंकमा झर्दा बिकास बैंक, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ३९ दसमलव ८९ अंकले बढेर आठ हजार ८० दसमलव ८० अंकमा चढ्दा जीवन बीमा, टे«डिङ, जलबिद्युुत, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा शिवश्री हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्राईम कर्मसियल बैंक परेको छ ।