एकैदिन ४१ अंकले बढ्यो नेप्से

Oct 28th, 2020

काठमाडौ, कात्र्तिक १२

नेप्से उच्चरुपमा बढेको छ । दशैंपछिको आज पहिलो दिन नेप्से ४१ दसमलव दुुई अंकले बढेर १६ सय ४७ दसमलव ४५ अंकमा चढेकोमा सेन्सिटिभ नौ दसमलव २१ अंकले बढेर तीन सय २७ दसमलव ७६ अंकमा चढेको छ । आज एक सय ८८ वटा कम्पनीहरुको ४२ हजार छ सय १८ पटकको कारोवारमा ९२ लाख २२ हजार ८५ कित्ता सेयर किनबेच हुुंदा कुुल सेयर कारोवार रकम दुुई अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँ पुुगेको ९४ हजार ६९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ समुहको सुचके घटेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५५ दसमलव १५ अंकले बढेर १३ सय ४७ दसमलव २० अंकमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा प्राईम कर्मसियल बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने ग्लोवल आईएमई बैंक परेको छ ।