• गृहपृष्ठ
  • गायिका रचना रिमालको ‘फिदा भए’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायिका रचना रिमालको ‘फिदा भए’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Oct 26th, 2020

काठमाडौ, कात्र्तिक १०

दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।