• गृहपृष्ठ
  • दिल विश्वकर्माको ‘अष्ट्रेलिया जाऊली माया’ (भिडियाे हेर्नुस् )

दिल विश्वकर्माको ‘अष्ट्रेलिया जाऊली माया’ (भिडियाे हेर्नुस् )

Oct 25th, 2020

काठमाडौ, कात्र्तिक ९

नव गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ’अष्ट्रेलिया जाऊली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् ।

डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश बोकेको छ । यस गीतमा स्वर हाल वैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका गायक विश्वकर्माको रहेको छ । यो गीतलाई प्रकाश न्यौपानेले लेखेका हुन् भने तिलक बस्नेतले संगीतवद्ध गरेका हुन् । रमेश सेन्चुरीले गीतलाई संगीत संयोजन गरेकाहुन् ।

म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर (इकु) र सागर लम्साल ’बले’ फिचर्ड छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यो भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् । विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो । दशैँको शुभकामना सहित निर्माण टिमले यसै भिडियो मार्फत दर्शक, स्रोता तथा मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेकाछन् ।