• गृहपृष्ठ
  • रशान्तको डेब्यु गीत ’ म तिमी’ सार्वजनिक (भिडियाे हेर्नुस् )

रशान्तको डेब्यु गीत ’ म तिमी’ सार्वजनिक (भिडियाे हेर्नुस् )

Oct 24th, 2020

काठमाडौ, कात्र्तिक ८

मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ’ म तिमी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमान्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ । प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ ।

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । ’बेसमेन्ट प्रोडक्शन नेपाल’ को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि जितिसकेका छन् । दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ ।