• गृहपृष्ठ
  • नितिनको ‘चुपचाप बदलियो’ मा श्रृष्टी र जीवन (हेर्नुस् भिडियाे)

नितिनको ‘चुपचाप बदलियो’ मा श्रृष्टी र जीवन (हेर्नुस् भिडियाे)

Oct 23rd, 2020

काठमाडौ, कात्र्तिक ७

दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ’चुपचाप बदलियो’ को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् ।

प्रेमिल शैलीको यस गजल गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ । यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् । सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन् । काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् । जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो ।

मोफसलमा रहेर नेपाली र मैथली गीत संगीत मार्फत आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गजुरेलका यसअघि ’अनुपम रंग’, ’दिलके डायरी’, ’आँखाले हेर्यौ’, ’झुक्याएरै किन होला’, ’आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् । ओस आर डिजिटल मार्फत सार्वजनिक यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।