आठ दसमलव ५४ अंकले बढ्यो नेप्से

Oct 22nd, 2020

काठमाडौ, कात्र्तिक ६

आज बिहिबार पनि नेप्से सुचक तथा कारोवार रकम दुुबै नै बढेको छ । नेप्से आज आठ दसमलव ५४ अंकले बढेर १६ सय छ दसमलव २५ अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ९१ अंकले बढेर तीन सय १८ दसमलव ५६ अंकमा चढेको छ । आज एक सय ८७ वटा कम्पनीहरुको ३० हजार तीन सय २८ पटकको कारोवारमा ६४ लाख ५७ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार नौ सय १९ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेर चार वटा समुहको सुचक घटेकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव एक अंकले बढेर १२ सय ९२ दसमलव पाँच अ्रंकमा चढेकोमा निर्जिवन बीमा, बिकास बैंक, लघुुबित्त, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि भने आज घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने कुमारी बैंक परेको छ ।