आज पनि १३ दसमलव ९४ अंकले बढ्यो नेप्से

Oct 21st, 2020

काठमाडौ, कात्र्तिक ५

आज बुुधबार पनि नेप्से १३ दसमलव ९४ अंकले बढेर १५ सय ९७ दसमलव ७१ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज तीन दसमलव एक अंकले बढेर तीन सय १६ दसमलव ६५ अंकमा चढेको छ । आज एक सय ९२ वटा कम्पनीहरुको २२ हजार चार सय ८२ पटकको कारोवारमा ५५ लाख नौ हजार चार सय ४८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार एक सय ४८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घटेर आठ वटा समुहको सुचक बढेकाछन । ति बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ५५ अंकले बढेर १२ सय ७९ दसमलव ९५ अंकमा चढेकोमा निर्जिवन बीमा, बिकास बैंक, जीवन बीमा, टे«डिङ, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । होटल, जलबिद्युुत, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने एनआईसी एशिया बैंक परेको छ ।