नेप्से १२ अंकले बढ्यो

Oct 20th, 2020

काठमाडौ, कात्र्तिक ४

नेप्से आज मंगलबार १२ दसमलव ४७ अंकले बढेर १५ सय ८२ दसमलव ८४ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव चार अंकले बढेर तीन सय १३ दसमलव २९ अंकमा पुुगेको छ । आज एक सय ९३ कम्पनीहरुको १८ हजार चार सय २६ पटकको कारोवारमा ४९ लाख १३ हजार चार सय ९७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब २४ करोड १२ लाख ४२ हजार सात सय सात रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुंदा आज सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ३५ अंकले बढेर १२ सय ५८ दसमलव दुुई अंकमा चढ्दा जलबिद्युुत, बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड परेको छ ।