एकै दिन १३ अंकले बढ्यो नेप्से

Oct 19th, 2020

काठमाडौ, कात्र्तिक ३

नेप्से आज सोमबार १३ दसमलव ५८ अंकले बढेर १५ सय ७० दसमलव ३८ अंकमा चढेको छ । आज सेन्सिटिभ पनि दुुई दसमलव ६२ अंकले बढेर तीन सय १० दसमलव ८९ अंकमा चढेको छ । एक सय ८९ कम्पनीहरुको १५ हजार चार सय ७८ पटकको कारोवारमा ३३ लाख ५३ हजार दुई सय एक कित्ता सेयर किनबेच हुुंदा सेयर कारोवार रकम ९७ करोड ९० लाख ९४ हजार चार सय तीन रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ समुहको सुचक घटेपनि बाँकी ११ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ६७ अंकले बढेर १२ सय ५० दसमलव ६७ चढ्दा जलबिद्युुत, बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा गणपती माईक्रो फाईनान्स लघुबित्त संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।