एकै दिन पाँच अंकले नेप्से घट्यो

Oct 18th, 2020

काठमाडौ, कात्र्तिक २

नेप्से एकै दिन पाँच अंकले घटेको छ । आज आईतबार नेप्से पाँच दसमलव ६६ अंकले घटेर १५ सय ५६ दसमलव ८० अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ८१ अंकले घटेर तीन सय आठ दसमलव २७ अंकमा झरेको छ । आज एक सय ८७ कम्पनीहरुको १६ हजार आठ सय ४६ पटकको कारोवारमा ४३ लाख ५२ हजार १० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब २५ करोड २७ लाख ४८ हजार एक सय ८१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा दुुई वटा समुहको सुचक बढेर १० वटा समुहको सुचक घटेकाछन । आज बाँणिज्य बैक समुहको सुचक छ दसमलव दुुई अंकले घटेर १२ सय ४३ अंकमा झर्दा जलबिद्युुत, बिकास बैंक, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । टे«डिङ र निर्जिवन बीमा समुहको सुचक भने आज बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने हिमालयन बैकको संस्थापक सेयर परेको छ ।