एक दसमलव २९ अंकले बढ्यो नेप्से

Oct 15th, 2020

काठमाडौ, असोज २९

अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने एक दसमलव २९ अंकले बढेर १५ सय ६२ दसमलव ४६ अंकमा चढेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले बढेर तीन सय १० दसमलव आठ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ९६ कम्पनीहरुको २३ हजार ८९ पटकको कारोवारमा ४९ लाख ९४ हजार तीन सय ६७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ४२ करोड ५८ लाख ९० हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव नौ अंकले बढेर १२ सय ४९ दसमलव दुुई अंकमा पुुग्दा जलबिद्युुत, टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।