एकै दिन सात अंकले घट्यो नेप्से

Oct 14th, 2020

काठमाडौं, असोज २८

नेप्से आज बुुधबार पनि घटेको छ । नेप्से आज सात दसमलव ४२ अंकले घटेर १५ सय ६१ दसमलव १७ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ६६ अंकले घटेर तीन सय नौ दसमलव ७५ अंकमा झरेको छ । आज एक सय ९५ कम्पनीहरुको २४ हजार आठ सय ९९ पटकको कारोवारमा ५२ लाख ९१ हजार तीन सय १४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार नौ सय ९२ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक बढेर बाँकी ११ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ५९ अंकले घटेर १२ सय ४७ दसमलव १२ अंंकमा झर्दा जलबिद्युुत, बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा कमाउने कम्पनीको सुचीमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सानिमा बैंक परेको छ ।