एकैदिन नौ अंकले घट्यो नेप्से

Oct 13th, 2020

काठमाडौं, असोज २७

नेप्से आज मंगलबार नौ दसमलव ४२ अंकले घटेर १५ सय ६८ दसमलव ५९ अंकमा झरेको छ । सेन्सिटिभ पनि आज एक दसमलव सात अंकले घटेर तीन सय ११ दसमलव ४१ अंकमा झरेको छ । नेप्सेमा आज एक सय ९३ कम्पनीहरुको २८ हजार छ सय ४० पटकको कारोवारमा ६७ लाख ८२ हजार नौ सय ४७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार नौ सय ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा नौ वटा समुहको सुचक घटेकाछन भने तीन वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव सात अंकले घटेर १२ सय ५० दसमलव ७० अंकमा झर्दा जलबिद्युुत, बिकास बैक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन । टे«डिङ, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा ज्योति बिकास बैक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड परेको छ ।