• गृहपृष्ठ
  • अमेरिकाबाट जगदीशले ल्याए ‘तिम्रो प्यारमा छु’ (हेर्नुस् भिडियाे)

अमेरिकाबाट जगदीशले ल्याए ‘तिम्रो प्यारमा छु’ (हेर्नुस् भिडियाे)

Oct 13th, 2020

काठमाडौं, असोज २७

नजिकिदै गरेको महान चाड बिजया दशमी र तिहारलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यसैक्रममा ’तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ । नारायण सुवेदी आभाषले संगीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् । गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ । भिडियोमा बुद्ध थापाको छायांकन, विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

ओएस आर डिजिटल मार्फत सार्वजनिक भिडियोले दर्शक स्रोताको मन जित्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।