• गृहपृष्ठ
  • फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२०” सार्वजनिक

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२०” सार्वजनिक

Oct 12th, 2020

काठमाडौ, असोज २६

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालकाविभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलनगरि तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०२०” संस्करण आज अनावरण गरेको छ ।
यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएका छन् । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतकोरूपमा लिने गरिएको छ ।

यो संस्करणको मूल्य ने.रु. ५०० राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यस पटक पाठकहरुले यो पुस्तक बिभिन्न अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् । प्यानडेमिकका कारण सार्वजनिकीकरणमा केहि ढिलाइ भएता पनि परम्परालाई निरन्तरता दिदँै यो संस्करणको बिमोचन गरिएको हो । स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीकोरुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिकरूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ । तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिकपत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ ।