झण्डै दुई अंकले बढ्यो नेप्से

Oct 12th, 2020

काठमाडौ, असोज २६

आज सोमबार नेप्से झण्डै दुुई अंकले बढेको छ । आज नेप्से एक दसमलव ७४ अंकले बढेर १५ सय ७८ दसमलव एक अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ३७ अंकले बढेर तीन सय १३ दसमलव १० अंकमा चढेको छ । एक सय ८९ कम्पनीहरुको ३१ हजार आठ सय ३७ पटकको कारोवारमा ६८ लाख १५ हजार सात सय १० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ९४ करोड ४९ लाख ६० हजार एक सय ९४ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ३९ अंकले बढेर १२ सय ५८ दसमलव ४० अंकमा चढ्दा बिकास बैक, होटल, टे«डिङ र लघुुबित्त समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने आज घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज मुक्तिनाथ बिकास बैक पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सबैको लघुुबित्त बित्तीय संस्था परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि मुक्तिनाथ बिकास बैंक नै पहिलो स्थानमा परेको छ ।