• गृहपृष्ठ
  • नेसन्स लिगमा विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगलको बराबरी

नेसन्स लिगमा विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगलको बराबरी

Oct 12th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, २६ असोज

युइएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।फ्रान्सको पेरिसमा आईतबार राति भएको खेलमा फ्रान्स र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

समूह ए थ्री अन्तरगत भएको खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए।तर कोही सफल हुन सकेनन् ।

पोर्चुगल र फ्रान्स चार वर्षपछि पहिलोपटक भिडेका हुन ।यस अघि यी दुई टोली सन् २०१६ मा युरो कपको फाइनलमा भिडेका थिए ।त्यतिबेला पोर्चुगलले फ्रान्सलाई उसकै घरेलु मैदानमा १ -० ले पराजित गरेर उपाधि जितेको थियो । त्यसपछि गएराति यी दुई टोली ४ वर्षपछि फ्रान्सको मैदान र सोही रंगशालामा भिडेका हुन् । सन् २०१६ को युरोकपमा जित निकालेको मैदानमा पोर्चुगलले यसपटक भने फ्रान्सलाई पराजित गर्न सकेन ।

त्यसपछि फ्रान्सले सन् २०१८ को विश्वकप र पोर्चुगलले सन् २०१९ को नेसन्स लिगको उपाधि जितेको थियो ।

बराबरीसँगै दुवै टिमले ३ खेलमा २ जित १ बराबरि खेलेका छन् । समूह चरणमा दुवै टिमले समान ७ अंक बटुलेका छन् ।पोर्चुगल शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो स्थानमा छ ।तीन अंक जोडेको क्रोएसिया समूहको तेस्रो स्थानमा छ