• गृहपृष्ठ
  • साताको पहिलो दिन नै १३ अंकले घट्यो नेप्से

साताको पहिलो दिन नै १३ अंकले घट्यो नेप्से

Oct 11th, 2020

काठमाडौ, असोज २५

साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से १३ दसमलव ३७ अंकले घटेर १५ सय ७६ दसमलव २७ अंकमा झरेको छ । सेन्सिटिभ पनि तीन दसमलव एक अंकले घटेर तीन सय ११ दसमलव ७३ अंकमा झरेको छ । आज एक सय ९३ कम्पनीहरुको ३७ हजार पाँच सय १५ पटकको कारोवारमा ९२ लाख ८१ हजार चार सय ७८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ३९ करोड ५४ लाख ३२ हजार पाँ चसय ९९ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा हुंदा फाईनान्स समुहले कमाएपनि बाँकी समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव पाँच अंकले घटेर १२ सय ५६ दसमलव एक अंकमा झर्दा जलबिद्युुत, बिकास बैक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा आईसीएफसी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अपी पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।