नेसन्स लिग: स्पेनको संघर्षपूर्ण जित

Oct 11th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, २५ असोज

युइएफए नेसन्स लिगमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १-०ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा रियल सोसिडाडका फरवार्ड मिकेल ओयार्जाबालले
 १४ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै स्पेनले ३ खेलबाट ७ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।दोस्रो स्थानको जर्मनीको ५ अंक छ।पराजित स्विटजरल्याण्डको १ अंक छ र पुछारमा छ।

जितसंगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अक जोडेको छ । पुछारको स्विटजरल्याण्डको १ अंक छ ।