विश्वकप छनोट : ब्राजिलको सानदार जित

Oct 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २४ असोज

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित गरेको छ। शनिबार विहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ५-० गोलले पराजित गरेको हो।

ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल, ,मार्किन्होस र फिलिप काउटिन्होले एक/एक गोल गरेका थिए भने ब्राजिलले एक गोल उपहार पाएको थियोे । ब्राजिलले दुई गोल पहिलो हाफमा र तीन गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १६ औँ मिनेटमा मार्किन्होसले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।मार्किन्होसले सो गोल डानिलोको पासमा गरेका हुन् । ३० औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रोबर्टो फिर्मिनोले सो गोल रेनाल लोडीको पासमा गरेका हुन् ।

दोस्रो हाफको ४९ औं मिनेटमा फिर्मिनोले नेइमारको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए।

६६ मिनेटमा बोलिभियाका कारास्कोले आत्मघाती गोल गरेपछि ब्राजिलको अग्रता ४–० भएको थियोे ।त्यसपछि खेलको ७३ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै जीत सुनिश्चित गरे ।