• गृहपृष्ठ
  • गायक दौलत राईको आवाजमा “निधारमा टिका’’ सार्वजनिक (भिडियो सहित)

गायक दौलत राईको आवाजमा “निधारमा टिका’’ सार्वजनिक (भिडियो सहित)

Oct 10th, 2020

काठमाडौ, असोज २४

नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको “निधारमा टिका“ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ ।

रोशन लुईटेलको छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ”निधारमा टिका” गीतमा सिम्रन पन्त , मनिष निरौला , दिपिका थापा , विकाश शर्मा , रिया श्रेष्ठ , राजु चौधरी , बविता गोले , अनुप खत्री , सन्तोष लामा , अनुप जिम्वा को अभिनय रहेको छ ।