• गृहपृष्ठ
  • सलिना फिचर्ड प्रजितको ‘आहै चचहुइ’ सार्वजनिक (हेर्नुस् भिडियाे)

सलिना फिचर्ड प्रजितको ‘आहै चचहुइ’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Oct 10th, 2020

काठमाडौ, असोज २४

दशैँ शुरु हुने लाग्दा यसैलाई लक्षित गर्दै विभिन्न गीतहरु नेपाली सांगीतिक बजारमा घन्कन थालेका छन् । यसै क्रममा गायक तथा संगीतकार प्रजित श्रेष्ठले नयाँ गीत ’आहै चचहुइ’को म्युजिक भिडियो रिलिज गरेका छन् ।

दशैँ र तिहारको रमाइलो भावलाई समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ । म्युजिक भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो । गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई गायक श्रेष्ठकै अफिसिएल च्यानल ’प्रजित श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ ।
विदेशमा बसेर नेपाली कला, साहित्य र संगीतलाई निकै माया गर्ने गायक श्रेष्ठले यस म्युजिक भिडियोलाई सुनेर हेरेर माया गरिदिन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन् ।