नेप्सेमा उच्च अंकले गिरावट

Oct 8th, 2020

काठमाडौं, असोज २२

नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज बिहिबार नेप्से ११ दसमलव ३४ अंकले घटेर १५ सय ८९ दसमलव ६३ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६५ अंकले घटेर तीन सय १४ दसमलव ७४ अंकमा झरेको छ ।

नेप्सेमा आज एक सय ९३ कम्पनीहरुको ४८ हजार एक सय ९९ पटकको कारोवारमा एक करोड ११ लाख ६४ हजार पाँच सय छ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ९० करोड ५० लाख ५७ हजार नौ सय ६६ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा तीन समुहको सुचक बढेर बाँकी समुुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ७१ अंकले घटेर १२ सय ६६ दसमलव ५१ अंकमा पुुग्दा निर्जिवन बीमा, बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन । फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने अरुण कावेली पावर लिमिटेड परेको छ ।