• गृहपृष्ठ
  • अभिषेक र दिपिका अभिनित ‘हृदयको आवाज’ सार्वजनिक (हेर्नुस् भिडियाे)

अभिषेक र दिपिका अभिनित ‘हृदयको आवाज’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Oct 7th, 2020

काठमाडौ, असोज २१

मेलोडियस सफ्ट भर्सनका गीत संगीत मार्फत नेपाली संगीतप्रेमीहरुको मन जित्दै आइरहेका गायक दाउत राई र गायिका दिपा लामाको युगल स्वरमा रहेको ’हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा प्रेमी प्रेमिका विचको प्रेमको वर्णन गरिएको छ । दाउत राई र गायिका दिपा लामाको स्वरमा रहेको यस गीतलाई दाउतले नै संगीतवद्ध गरेका हुन । गीतकारकारुपमा आफ्नो छुट्टै परिचय स्थापित गर्दै सिर्जनामा सक्रिय गीतकार अमर बान्तुले यस गीतलाई लेखेका हुन् । गीतमा उदय राज पौडलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा मोडल अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको यस भिडियोलाई म्युजिक भिडियोमा अब्बल मानिएका निर्देशक देव जंग थापाले छायांकन र निर्देशन गरेका हुन् । भिडियो गायक राईको अफिसिएल च्यानल ’दाउत राई’ मार्फत सार्वजनिक गरिएको छ ।

विगत लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशिल गायक राईका यसअघि ’मन परो’ , ’लाग्छ तिमी यही छौ’ बोलका गीतहरु स्रोता माझ लोकप्रियछन् । दशैँको अग्रिम शुभकामना सहित कोशेलीको रुपमा प्रस्तुत गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन निर्माण टिम सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेकाछन् ।