नेप्सेमा सामान्य बृद्धि

Oct 6th, 2020

काठमाडौ, असोज २०

आज मंगलबार नेप्से बढेको छ । नेप्से आज चार दसमलव १७ अंकले बढेर १५ सय ८६ दसमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७६ अंकले बढेर तीन सय १३ दसमलव २२ अंकमा चढेको छ । एक सय ९५ कम्पनीहरुको ३६ हजार सात सय पटकको कारोवारमा ९१ लाख ७६ हजार २३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ३० करोड ७१ लाख ४७ हजार नौ सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ४६ अंकले घटेर १२ सय ६९ दसमलव ६९ अंकमा पुुग्दा नीर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेरुडे लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज सानिमामाई हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।